काठमाडौँ – प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ बिहीबार बिहान ७:३० बजेसम्म एक करोड १ लाख ७५ हजार ८९५ मतगणना भएकाे छ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ निरन्तर अग्रता लिइरहेको छ।
हालसम्म प्रतिपक्षी दल नेकपा एमालेले दलले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ
नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मतसहित दोस्रो स्थानमा रहेको छ।
तेस्राे स्थानमा रहेकाे नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत प्राप्त गरेकाे छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९० मत ल्याएकाे छ
भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार ४०५ मत प्राप्त गरेकाे छ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालले ४ लाख ८ हजार ९६४, जनमत पार्टीले ३ लाख ७६ हजार २१२, नेकपा एकीकृत समाजवादीले २ लाख ९० हजार १९९, नागरिक उन्मुक्ति पार्टीले नागरिक उन्मुक्ति पार्टी २,६८,४३९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १,४९,८३२, नेपाल मजदुर किसान पार्टीले ७३,८३९, हाम्रो नेपाली पार्टीले ५४,१२६, मंगोल नेशनल अर्गनाइजेशनले ४७,८९४ मत पाएकाे छ।