रुकुमपूर्व ‘क’मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी

२०७९, ६ मंसिर मंगलवार २१:२०

दाङ – रुकुमपूर्व प्रदेश सभा ‘क’मा स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित भएका छन्।

माओवादी केन्द्रका तेजबहादुर ओलीलाई हराउँदै पुन प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

पुनले ४४६५ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले ३९३२ मत पाए।

पुनले माओवादीबाट बागी उम्मेदवारी दिएका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु