झापा क्षेत्र नम्बर ४ को मतगणनामा घण्टीलाई दोब्बर अग्रता

२०७९, ५ मंसिर सोमबार १७:०७

झापा । झापा क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले दोब्बर अग्रता बनाएका छन ।

हालसम्म ३०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले १४३ मत ल्याएका छन् । त्यस्तै एमालेका एलपी साँवाले ८४ र कांग्रेसका देउकुमार थेबेले ४६ मत ल्याएको जनाइएको छ ।

कनकाई नगरपालिकामा मध्यान्ह १२ बजेबाट गणना सुरु भएको हो ।

हाल सर्टिङ सकेर कनकाई ३ को जनचेतना र ४ को कनकाई बहुमुखी क्याम्पसबाट गणना सुरु भएको हो । यस क्षेत्रमा रहेका कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ३४९ जनाले मतदान गरेको निर्वाचन अधिकृत प्रकाश गौतलले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु