कास्की २ मा घण्टी अगाडि, प्रदेश ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टी

२०७९, ५ मंसिर सोमबार ०८:१५

पोखरा- कास्की २ को मतगणना सुरु भएको छ। ५४० मतगणना हुँदासम्म प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदेश ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि देखिएको छ।

पोखरा महानगरपालिका-१५ कोलपाटनको मतगणना चलिरहेको छ। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन्। उनले १६२ मत पाएका छन्। नेकपा एमालेकी विद्या भट्टराईले १२२ मत पाएकी छन्। पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका श्रीनाथ बरालले ११० मत पाएका छन्।

प्रदेशसभामा राप्रपका विजयबहादुर भण्डारी अगाडि छन्। उनले १९८ मत प्राप्त गर्दा नेकपा एमालेका भीम कार्कीले १४५, गठबन्धनकातर्फबाट माओवादी केन्द्रका विश्वप्रकाश लामिछालेले १०६, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु