बालेनले हालेनन् प्रदेशसभा उम्मेदवारलाई मत

२०७९, ४ मंसिर आईतवार १८:०८

काठमाडौँ- काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रदेशसभा सदस्यका उम्मेदवारलाई मत नदिएर प्रदेश संरचनाप्रतिको आफ्नो असन्तुष्टि देखाएका छन् । बालेनले प्रदेशसभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा मतदान गरेनन्।

काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गरेका बालेनले प्रदेशसभातर्फका मतपत्र नबुझेरै बाहिरिएका हुन् । उनी बलियो स्थानीय तह भएपछि प्रदेश संरचनालाई निरन्तरता दिन जरुरी छैन भन्ने धारणा राख्छन् ।

प्रदेशसभा सदस्यलाई मत नदिएर उनले प्रदेश संरचनाप्रतिको अरुचिलाई प्रकट गरेका हुन् । उनी सरासर मतदान केन्द्र गए । उम्मेदवारका प्रतिनिधिसँग हात मिलाए । प्रतिनिधिसभातर्फको प्रत्यक्ष र समानुपातिक मतपत्र लिएर मतदान गरे । अनि, सरासर बाहिरिए ।

उनले आइतबार बिहान काठमाडौँको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन्।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु