झापा गाउँपालिका मतदान स्थल नजिक बिस्फोटको आवाज

२०७९, ४ मंसिर आईतवार १४:११

काठमाडौँ – झापाको झापा गाउँपालिकामा मतदान स्थल नजिक बिस्फोट भएको छ। झापा गाउँपालिका वडा नं २ को क्वडीमावी मतदान स्थल नजिक बिष्फोटक पदार्थको आवाज सुनिएको झापामा प्रहरि प्रवक्ता डिएपी बसन्त पाठकले बताएका छन्।

उनका अनुसार आतंक मचाउने हिसाबले मात्रै बिस्फोट गराइएको हुनसक्ने बुझिएको छ।

मतदान स्थल नजिक केही पड्किएको जस्तो आवाज आएको भन्ने जानकारी हामीलाई आएको थियो। हामीले बुझ्दा बम नभएर पटका भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।’ उनी भन्छन्, ‘अवस्था सामान्य नै छ। हाल सो स्थानमा मतदान जारी छ।’

उनका अनुसार झापाका अन्य स्थानमा भने शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु