बर्दघाट नजिकै सिलिन्डर बम विस्फोट

२०७९, ४ मंसिर आईतवार १०:२८

बुटवल: पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीस्थित बुधबारे हाटबजार नजिकै सिलिन्डर बम विस्फोट भएको छ । संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समूहहरूले विस्फोट गराएको हुन सक्ने स्थानीयको अनुमान छ ।

विस्फोट भएको स्थानबाट दिब्यज्योती माविको बुथ करिव एक सय मिटर दूरीमा रहेको जनाइएको छ । जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र नेकपा (बहुमत) ले संसदीय निर्वाचन बहिष्कार र अवज्ञा गर्दै आएका छन् ।

Comments

ताजा खबर