बदर मतलाई शूून्यमा झार्छौं : सभापति श्रेष्ठ

२०७९, २३ कार्तिक बुधबार १३:४५

पाल्पा । बाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठले बदर मतलाई शुन्यमा झार्ने गरी आफुहरुले काम गरेको बताएका छन् ।  उनले मंगलबार पाल्पा क्षेत्र १ को (१) को रामपुरमा मतदाता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाका १० वटै स्थानीय तहमा पुुगेर गठबन्धनले मतदाता शिक्षा प्रवाह गरिरहेकाले आगामी निर्वाचनमा बदर मत शून्यमा झर्ने दावी गरे । कार्यक्रममा नेपाली काँग्रेससका महाधिवेशन प्रतिनिधि यमलाल तिमिल्सिनाले गठबन्धन जनताका हक हित र अधिकारको सुनिश्चितताका लागि भएको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार लेखनाथ पोखरेल,नेकपा माओवादी केन्द्रका नेत्र प्रसाद पाण्डेय,माओवादी केन्द्र रामपुर नगर इन्चार्ज कमल राज भट्टराई ,प्रतिनिधि सभा समानुपातिक उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार  जित बहादुर थापा ,प्रदेश १ का समानुपातिक उम्मेदवार गीता विक ,एकीकृत समाजवादीका जिल्ला सहसचिव कमल सेन लगायतले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने दिशामा लाग्न सकैलाई आग्रह गरे । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य राम प्रसाद गैरेको धन्यवाद र कार्यक्रम प्रदेश १(१) का सचिव दानु हिस्कीको सञ्चालनमा  भएको थियो ।

Comments

ताजा खबर