मापदण्ड विपरित सडक पेटिमा राखिएका विभिन्न सामाग्रीहरु जफत

२०७९, १७ कार्तिक बिहीबार २१:५३

बेझाँड बजार क्षेत्रको सडक पेटिमा राखिएका सामान उठाउन स्वयम नगर प्रमुख थापा बजार अनुगमनवाट सटर भन्दा बाहिर पेटिमा राखिएका खाद्यान्न, फलफुल, तरकारी, कपडा, खेलौना तथा कास्मेटिक सामान, फार्निसिङ्गका सामाग्री जफत ।

पाल्पा । रामपुर नगरपालिकाले विहिबार बेझाँड बजार क्षेत्रको अनुगमन गरेको छ । सडक पेटी तथा सटरको पेटिमा राखिएका सामाग्री र अव्यवस्थित पार्किङ्गले दुर्घटनाको जोखिम बढाएको भन्दै बजार क्षेत्रको अनुगमन गरेको हो । नगरपालिकाले अनुगमनका क्रममा मापदण्ड विपरित व्यापारीक प्रयाेजनका लागि सामान राखेका पसलहरु बाट विभिन्न सामाग्रीहरु जफत गरेको छ । साथै नो पार्किङ्गमा राखिएका मोटरसाईकलको हेलमेट पनि नियन्त्रणमा लिएको थियो ।

सम्वन्धित समाचार :

 पाल्पा रामपुरको तालपोखरामा आन्तरिक पर्यटकको चहलपहल ।  

रामपुर नगरपालिकामा झलुङ्गे पुलको शिलन्यास ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा बजार क्षेत्रको अनुगमन गरिएको हो । नगरपालिकाले ईलाका प्रहरी कार्यालय रामपुर र नगर प्रहरीको सहयोगमा अनुगमनका क्रममा मापदण्ड विपरित राखिएका सामग्रीहरु नियन्त्रणमा लिएको थियो । अनुगमनका क्रममा सडक तथा सटर भन्दा बाहिर पेटिमा राखिएका खाद्यान्न, फलफुल, तरकारी, कपडा, खेलौना तथा कास्मेटिक सामान, फार्निसिङ्गका सामाग्री जफत गरेको हो ।


बजार अनुगमन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बजार क्षेत्रको साँगुरो सडकमा सडक पेटी सम्म सामान राखेर विक्री वितरण गर्दा दुर्घटनाको जोखिम भएकाले न्यूनिकरणका लागि अनुगमन गरिएको बताउनुभयो । उहाँले कार्यपालिकाको बैठकको निर्णय अनुसार बजारलाई व्यवस्थित बनाउन व्यवसायीहरुलाई यस अघि नै सूचना गरी सामाग्री नराख्न आग्रह गरे पनि अटेरी गरी सामान राखेका व्यवसायीको सामान जफत गरिएको बताउनुभयो । यस्तै उपप्रमुख बालकुमारी थापाले बजार व्यवस्थापन र सुन्दरतालाई कायम राख्न मापदण्ड अनुरुप सामान राखेर व्यवसाय गर्न आग्रह गर्नुभयो ।  रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले व्यवसायीहरुले नगरको आग्रहलाई  वेवास्ता गरे नियम अनुसार कारबाही गरिने बताउनुभएको छ ।


बजार अनुगमन कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लक्ष्मण देवकोटा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Comments

ताजा खबर