खोलामा नुहाउन लागेका बालकलाई तिनाउले बगाउँदा  मृत्यु

२०७९, ६ कार्तिक आईतवार १८:५८

पाल्पा । तिनाउ खोलाले बगाउँदा ३ बर्षिय बालकको ज्यान गएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालकको खोजतलास गर्ने क्रममा अन्दाजी डेड किमि तल खोलामा अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार तिनाउँ गाउँपालिका २ स्थित तिनाउँ खोलामा दिदी भाई नहाउन गएको बेलामा खोलाले बगाएर भाईको मृत्यू भएको हो ।
मृत्यू हुनेमा तिनाउँ २ का खेमबहादुर सारुको छोरा वर्ष ३ को मायुस सारु रहेका छन ।

अचेत अवस्थामा फेला परेका बालकको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । अस्पतालले बालकको मृत्यु भएको घोषणा गरेको थियो ।

Comments

ताजा खबर