शताब्दी पुरुष सत्यमोहन जाेशीकाे निधन

२०७९, ३० आश्विन आईतवार १२:२१

काठमाडाैँ – शताब्दी पुरुष सत्यमोहन जोशीकाे निधन भएकाे छ । उनको उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि बिहीबार पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएकाे उनको पारिपवारिक स्राेतलाई उद्धृत गर्दै लेखक गिरीश गिरीले जानकारी दिएका छन् ।

स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो ।  फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो ।साहित्यकार नरेन्द्रराज प्रसाईँले पनि अस्पतालमै रहेका सत्यमोहन पुत्रले पिताको निधनबारे जानकारी गराएको देश सञ्चारसँग बताए ।

जोशी विगत तीन सातादेखि किस्ट अस्पतालमा उपचाररत थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु