किन गरे क्षेत्र नं २ का उम्मेदवार स्वागत नेपालले गरामनी मेलाको अवलोकन ?

२०७९, २० आश्विन बिहीबार २१:३६

बिर्तामोड, झापा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट अधिवक्ता स्वागत नेपालले उम्मेदवारी दिएसँगै उनको चर्चा चुलिदै गएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिको निर्वाचन क्षेत्र समेत रहेको उक्त क्षेत्रमा उनले उम्मेदवारीको घोषणा गरेका हुन् ।

उनले किन  ‘झापा क्षेत्र नं २ बाट उम्मेदवारी दिए त ? भन्दा नेपाल भन्छन् पूर्व प्र.म केपी ओली ज्यु उठ्दै हुनुहुन्छ भन्ने जानकारी भएकोले मात्र होइन झापामा म जन्मे, पढे बढे र हुकिंदै अहिलेसम्मको मलाई म बनाएको बनेको ठाउँ झापा निर्वाचन क्षेत्र नं. २ बाट सांसदको उम्मेदवारी घोषणा गरे।

स्थानीयका समस्याहरुलाई सुन्न र स्थानीयका समस्याहरुलाई नजिकबाट नियाल्न, झापाको गरामनी मेलामा आयोजित सन्थाल नाच तथा दुर्गा पूजा नृत्य अवलोकन गरी स्थानीयसँग स्वागत नेपालले भेटघाट गर्नुभएको थियो I

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु