उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विरोध प्रदर्शन

२०७९, १८ आश्विन मंगलवार १६:०२

चितवन: उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विरोध प्रदर्शन गर्न चितवन मेडिकल कलेज (सिएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पताल आएका मृतकका आफन्त तथा स्थानीले मंगलबार दिउँसो अस्पतालमा तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका-१३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ सो अस्पतालमा निधन भएको थियो ।
कुँवरको प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे अस्पतालमा भर्ना भएको प्रशासन प्रमुख प्रताप देवकोटाले बताए । उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि विभिन्न अंगप्रत्यङ्गहरूले काम नगरेका कारण हिजै साँझ निधन भएको देवकोटाले बताए ।
निधनको कारणका बारेमा आफन्तलाई हिजो नै सबै जानकारी दिए पनि आज धेरै मान्छेहरू अचानक आएर तोडफोडसमेत गरेको उनले बताए । आज दिउँसो साढे १ बजेतिर स्थानीय र आफन्त अस्पताल आएका थिए । चिकित्सकले लापरबाही गरेका कारणले बिरामीको निधन भएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए ।

अस्पतालको तेस्रो तलामा रहेको मेडिकल आईसीयूमा तोडफोड भएको छ । घटनापछि प्रहरीले १३ जनालई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु