इटहरीका पूर्वमेयर द्वारिकलाल माओवादीमा प्रवेश

२०७९, १६ आश्विन आईतवार ११:४४

काठमाडौँ – इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा बाेलाएर उनलाई पार्टी प्रवेश गराएका हुन् ।

चौधरी नेकपा एमालेवाट निर्वाचित पूर्वमेयर हुन् । स्राेतका अनुसार उनी आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा मा‌ओवादीबाट प्रदेश सांसदको निर्वाचन लड्ने तयारीमा छन् । उनीसँगै देवु सदा, जयराम सदा, पुरेक सदा, भूमिनारायण चौधरी, खुशीलाल चौधरी, सूर्यनारायण चौधरीलगायत नेता तथा कार्यकर्ता एमाले छोडेर माओवादी प्रवेश गरेका हुन् ।

पूर्वमेयर चाैधरी माओवादी केन्द्रमा प्रवेश गर्ने हल्ला चलिरहँदा उनले भने शनिबार मात्रै त्यस कुराकाे प्रतिकार गरेका थिए । शनिबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत  उनले ‘बरु राजनीति छाड्ने तर एमाले नछाड्ने एमालेभित्रै संघर्ष गरेर बस्ने’ बताएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु