दशैको चटारो, घर फर्कने भिड अझै बाँकी!

२०७९, १५ आश्विन शनिबार १०:३२

काठमाडौँ: दशै मनाउन काठमाडौंबाट घर फर्कने क्रम जारी छ । काम, व्यापार–व्यवसाय, शिक्षादिक्षा लगायतको सिलसिलामा काठमाडौंमा रहेका उनीहरु दसैं मनाउन घर फर्कन थालेका हुन् । दसैं नजिकिँदै गर्दा काठमाडौंबाट बाहिरिनेहरु बढेका छन् । आज कलंकी , कोटेश्वर पुग्दा घर फर्कनेहरुको भीड बढेको पाइयो । दसैंको अवसर पारेर घटस्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीका लागि रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीले दसैं अवधिभर जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु