निर्वाचन लक्षित अभियान संचालन गर्दै आदिवासी जनजाती महासंघ

२०७९, २७ श्रावण शुक्रबार १९:५०

कृष्ण पोखरेल
पाल्पा, २७ साउन ।
आगामी निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले निकट आदिवासी जनजाती महासंघले गाउँघर केन्द्रित घरदैलो अभियान संचालन गर्ने निर्णय गरेको छ । शुक्रवार तानसेनमा बसेको बैठकले आउदो मंसिर ४ गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचन लाई लक्षित गरी पाल्पाको १० पालिकामा जातिय संगठनहरुको भेला गर्ने निर्यण गरेको हो ।

महासंघको बैठकमा नेकपा एमाले पोलिटिव्युरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेले पाल्पा आदिवासी जनजातीहरुको बाहुल्यता भएको जिल्ला भएकाले एमाले बलियो बनाउने जिम्मेवारी पनि आदिवासी जनजातीहरुको भएको बताए। जिल्लामा एमाले पाटी बलियो भए मात्र आदिवासी जनजातीले विभिन्न अवशरहरु पाउने भएकोले  संगठन निर्माण जुट्न महासंघमा आवद्ध कार्यकर्तालाई अनुरोध गरे । आदिवासी जनजातीहरुको सहयोगकै कारण महागठवन्धका विरुद्ध पनि एमाले पाल्पामा पहिलो भएको र आगामी दिनमा पनि पहिलो नै हुने एमाले पाल्पा इन्चाज गैरेले बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्राज घिमिरेले एमालेले जिल्लाका आदिवासी तथा जनजाती नेता तथा कार्यकर्ताहरु लाई स्थानीयतहको निर्वाचन देखी संघ र प्रदेशको निर्वाचनमा महत्वपुर्ण भुमिका, जिम्मेवारी तथा अवशर दिदै आएको आगामी दिनमा पनि महत्वपुर्ण अवशर प्रदान गर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश सदस्य ओम बहादुर घर्तिमगरले एमाले पाल्पाले आदिवासी जनजातीको मुद्दा र समस्यालाई प्राथमिकताका साथ उठाउदै आएको, स्थानीयतहका निर्वाचनमा आदिवासी जनजातीहरुलाई प्राथमिकतामा राखेकोले, संघ र प्रदेशको निर्वाचन लाई लक्षित गरेर घरदैलो अभियान संचालन गर्न अनुरोध गरे ।

बैठकमा एमाले पाल्पा सचिवालय सदस्य नविन थापाले आगामी निर्वाचनमा सबै स्थानमा एमालेको जित सुनिश्चित हुने गरी कार्यकर्ता परिचाचित हुनुपर्नेमा जोड दिएका थिए । बैठकले सरकारले गरेको चर्काे मूल्यबृद्धि, दिनहु बढ्दै गएको भष्ट्रचार, हरेक क्षेत्रमा बढ्दै गएको कुशासनको भण्डाफोर अभियान संचालन गर्ने निर्यण गरेको छ । महासंघका जिल्ला अध्यक्ष कृष्ण बहादुर सारुको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष रामलाल श्रेष्ठको स्वागत र सचिव गणेश रानाले संचालनमा भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु