सधै नेपाली राजनितिमा हुने गाईजात्रा तर आज बास्तविक चाडपर्वको जात्रा!!

२०७९, २७ श्रावण शुक्रबार १३:०६

विराटनगर: विराटनगरमा रहेका नेवार समुदायले शुक्रबार भव्यताका साथ गाईजात्रा निकालेका छन् । नेवार समुदायको साँस्कृतिक थलो काठमाडौं उपत्यकामा मात्रै केन्द्रित नभई विराटनगरमा बसोबास गर्ने नेवार समुदायले आफ्ना परिवारका दिवंगत सदस्यहरूको स्मरणमा गाईजात्रा निकालेका हुन् ।

उनीहरूले विराटनगरस्थित झिःपुचको कार्यालयबाट निकालेको गाईजात्रा र्‍याली मेनरोड हुँदै कोसी राजमार्ग फन्को लगाएका छन् ।
आफ्नो समुदायको परिहनमा सजिएका नेवार समुदायले गाईजात्रामा परम्परागत लाखे नाचसहितका झाँकीहरू प्रदर्शन गरेका छन् । लाखे नाच नाच्न र त्यसको व्यवस्थापनमा पाका उमेरका भन्दा युवा पुस्ताहरू ठूलो संख्यामा संलग्नमा देखिएका छन् ।

चर्को गर्मीका कारण बयोवृद्धहरू भने सिटी रिक्सामा चढेर गाईजात्रामा सहभागी भएका छन् । नेवारी बाहेकका पहाडी समुदायमा भने आज जनै फेर्ने र रक्षा बन्धन बाँध्ने गरिन्छ । विराटनगरसहित तराईका जिल्लामा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु