नुवाकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प

२०७९, २१ श्रावण शनिबार ०८:०५

काठमाडौं: नुवाकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका अनुसार शनिबार बिहान पाँच बजेर २७ मिनेटमा नुवाकोटकको बेल्कोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लमा समेत महसुस गरिएको थियो । यसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु