आजको बैठकमा कारागार व्यवस्थापन विधेयक पारित

२०७९, ८ श्रावण आईतवार १८:१३

काठमाडौँ: प्रतिनिधि सभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसपछि विधेयकका बारेमा सदनमा छलफल भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनि मतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषण गरे । सभाको पहिलो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि १५ मिनेट स्थगित भई सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो

यसअघि विधेयकमाथिको छलफलमा सांसदहरुले भाग लिएका थिए । उनीहरुले उठाएका प्रश्नको गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएका थिए । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक सरकारले विसं २०७६ मङ्सिर २९ मा दर्ता गराएको थियो ।

यसअघि पहिलो बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु