काठमाडौं: नेपाल राष्ट्र बैंकले ४/१२ नितिमा थोरै लचकता अपनाउने भएको छ। आज आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा एउटै बैंकबाट १२ करोडसम्म शेयर धितो कर्जा लिन पाईने बताईएको छ।
यसअघि, एउटा बैंकबाट ४ करोडमात्र शेयर धितो कर्जा लिने व्यवस्था गरिएको थियो। त्यसैगरी, २५ लाख सम्मको कर्जामा १००% र त्यसभन्दा माथिको कर्जामा १५०% जोखिमभार निर्धारण गरिएको छ।