रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

२०७९, ६ श्रावण शुक्रबार २२:१३

झापा: झापाको कमल गाउँपालिकामा सिटी रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । कमल–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नंको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को३८प १२८३ नंको मोटरसाइकल एकापसमा ठोक्किर दुर्घटना भएको थियो ।

दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका मोटरसाइकल चालक कमल–६ का २४ वर्षीय रोशन कोइरालाको शुक्रबार दिउँसो ३ बजे उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
सोही मोटरसाइकल पछाडि सवार कमल–४ का १९ वर्षीय रेवत सुवेदीको न्युरो अस्पताल विराटनगरमा, कमल–७ का २१ वर्षीय भविन मगरको बिर्तामोडस्थित बीएन्डसी अस्पताल र सिटी रिक्सामा सवार कमल–५ की ६५ वर्षीया सुकमाया माझी एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल, सिटी रिक्सा र सिटी रिक्सा चालक कमल–६ का ५२ वर्षीय दिलमान माझी प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु