टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

२०७९, ५ श्रावण बिहीबार ०९:३९

काठमाडौँ: काठमाडौँको कोटेश्वरमा आज बिहान टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्याम बहादुर खड्काको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिपरले आज बिहान ३ बजे पैदल हिँडिरहेका खड्कालाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई प्रहरी बृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु