आज देशभर थपिए ४५७ संक्रमित, १ को मृत्यु

२०७९, २ श्रावण सोमबार १७:२५

काठमाडौँ: सोमबार कोभिड-१९ को कारण एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक जनाको मृत्यु भएको हो । देशभरमा हालसम्म ११ हजार ९५४ जनाको कोभिड संक्रमणबाट मृत्यु भइसकेको छ ।

२४ घण्टामा देशभर ४ हजार ६५१ जनाको कोभिड परीक्षण गर्दा ४५७ जनामा कोभिड पुष्टि भएको हो । त्यसैगरी, ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ६८ हजार ६४ जना संक्रमणमुक्त भइसकेका छन् ।

Comments

ताजा खबर