नेपाल राष्ट्र बैंकले जाली वा नक्कली नोट ढुकुटीमा राखेर झुत्रा नोट मात्र धुल्याउने

२०७९, २ श्रावण सोमबार १४:२७

काठमाडौँ: नेपाल राष्ट्र बैंकले जाली वा नक्कली नोट ढुकुटीमा राखेर झुत्रा नोट मात्र धुल्याउने (ब्रिकेट बनाउने) भएको छ । राष्ट्र बैंकले नोट धुल्याउने नियमावली २०७८ परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । बैंकको काम कारबाहीमा सहयोगी हुने तथा सुरक्षण विशेषताहरु परिमार्जन गर्ने सन्दर्भमा नक्कली नोटको अनुसन्धान उपयोगी हुन सक्ने भएकाले जफत गरिएका त्यस्ता नोट अभिलेख गर्न बैंकको ढुकुटीमा सुरक्षित राख्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

यस्तै, बैंकले जाली वा नक्कली भनी जफत गरेको नोट अदालती कारबाही चलेको हकमा अन्तिम किनारा लागेको दुई वर्ष र कारबाही नचलेको हकमा बैंकले प्राप्त गरेको तीन वर्षसम्म सुरक्षित राख्नु पर्ने व्यवस्था पनि नियमावलीमा छ । नोट गन्ती गर्ने, रुजू गर्ने तथा नोट धुल्याउने मेसिन वा फर्नेश रहेको स्थानको पर्याप्त कभरेज हुने गरी कम्तिमा ९० दिनको दृष्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको अनिवार्य व्यवस्था गर्नुपर्ने प्रावधान पनि नियमावलीमा छ । पुराना‚ च्यातिएका‚ रंग दलिएका र कोरिएका नोटबाट भने ब्रिकेट (गुइँठा) बनाइने गरेको छ । नयाँ प्रविधि भित्रिएसँगै यसअघि जलाइँदै आएका पुराना नोटलाई मेसिनबाट टुक्र्याएर ब्रिकेट बनाउन थालिएको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु