सुवेदी जापानका लागि राजदूत नियुक्त भएका छन्।

२०७९, १ श्रावण आईतवार २०:२७

काठमाडौँ – जापानका लागि आवासीय नेपाली राजदूतमा डा. दुर्गाबहादुर सुवेदी नियुक्त भएका छन्।

आइतबार राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको सिफारिसमा सुवेदीलाई राजदूतमा नियुक्त गरेकी हुन्। सरकारको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि एग्रिमोका लागि जापान सरकारलाई आग्रह गरिएको थियो। एग्रिमो आएपछि सुवेदी नियुक्त भएका हुन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु