हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आधिकारिक लोगो सार्वजनिक

२०७९, ३१ असार शुक्रबार १७:२७

काठमाडौं: सफल मर्जर सँगै एकिकृत कारोबारको घोषणा गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आधिकारिक लोगो सार्वजनिक गरेको छ । मर्जर पछि बनेको कम्पनीको लोगो पनि साविका बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको लोगोलाई मिलाएर बनाइएको छ । लोगोले हिमाल अझ सगरमाथालाई देखाइएको छ । हिमालयन भन्दा माथि दुई वटा लाइनका छुट्टा छुट्टै रङ्गका इन्द्रेणी जस्तो संकेत राखिएको छ ।

यो बीमा क्षेत्रकै पहिलो सफल मर्जर हो । बीमा समितिले लिएको मर्जरको नीतिलाई पहिलो कार्यान्वयन कर्ताको रुपमा हिमालयन र एभरेष्ट भएका छन् । यस मर्जरमा एभरेष्टको शेयर हिस्सा १५ प्रतिशतले खुम्चिनेछ । मर्जर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले बोनस शेयर दिए पनि बीमा समितिको तोकेको साढे दुई अर्ब रुपैयाँ पूँजी जुटाउन सक्ने छन् । हिमालयन र एभरेष्टको मर्जर सफल भए सँगै पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरु विचमा मर्जरको लहर चलेको छ ।

Comments

ताजा खबर