माओवादीले हतियार उठाउन परेको कारण के हो ?

२०७९, २४ असार शुक्रबार १७:०४

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अब स्वीकार गर्न नसकिने बताएका छन् । छविलाल कार्कीको स्मृतिमा १२ औं स्मृतिका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा ओलीले देशको साँचो लिएर सरकार लुट्ने काममा लागेको र चुनावमा धाँधली गर्ने काम गरेको भन्दै वर्तमान सरकार स्वीकार्य हुन नसक्ने बताएका हुन् । ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि एउटा पनि राम्रो काम गरेको उदाहरण नभएको उल्लेख गर्दै सरकार अविलम्ब हट्नुपर्ने माग राखे ।

वर्तमान सरकार नराम्रा कामको थुप्रो भएको उनको भनाइ छ । त्यस्तै ओलीले सरकारमा बस्‍ने मान्छेले नराम्रा काम गरेपनि उनीहरुलाई पदबाट हटाउने आँट प्रधानमन्त्रीमा नभएको आरोप लगाए । अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउनै नसक्ने उनले ठोकुवा गरे ।

माओवादीले हतियार उठाउन परेको कारण अहिलेसम्म दिन नसकेको ओलीले बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिको सपना देखाएर प्रचण्डपथका नाममा आफ्नो स्वार्थ सेकेको आरोप लगाए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु