विदेशबाट रकम पठाइने प्रलोभनमूलक जानकारी ठगी हुन सक्छ: राष्ट्र बैंक

२०७९, २० असार सोमबार २१:४१

सही जानकारी लिएर विश्वस्त भई औपचारिक वित्तीय संस्थासँग मात्र कारोबार गरौं

बसन्ती ढकाल, पाल्पा ।
सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइन मार्फत ठगी हुने गरेको भन्दै नेपाल रास्ट्र बैकले सतर्क रहन अनुरोध  गरेको छ । रास्ट्र बैक सन्देशमुलक सूचना प्रकाशन गरी विदेशबाट रकम पठाइने प्रलोभनमूलक जानकारी ठगी हुन सक्ने भन्दै सर्वसाधारण लाई सतर्क हुन आग्रह गरेको हो ।

प्रलोभनमुलक जानकारीको आधारमा विदेशमा कुनै माध्यमबाट पनि रकम नपठाउन बैकले आग्रह गरेको छ । त्यसैले सही जानकारी लिएर विश्वस्त भई औपचारिक वित्तीय संस्थासँग मात्र कारोबार गर्न सर्वसाधारण लाई बैकले अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ “तपाईंलाई इमेल वा चिठीपत्रका माध्यमबाट विदेशी चिट्ठा परेको वा विदेशबाट रकम पठाइने जस्ता प्रलोभनमूलक जानकारी आएमा त्यो ठगी धन्दा हुनसक्छ । यस्तो जानकारीको आधारमा विदेशमा कुनै माध्यमबाट पनि रकम नपठाऔं । यस प्रकारका प्रलोभनबाट धेरै व्यक्तिहरु ठगिएका छन् । त्यसैले सही जानकारी लिएर विश्वस्त भई औपचारिक वित्तीय संस्थासँग मात्र कारोबार गरौं ।”

अहिले वाट्सएप, इमो, भाइबर लगायत सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी हुने गरेको छ । लटरी मार्फत रकम परेको प्रलोभन देखाई पाउनका लागि बिभिन्न भ्रमपूर्ण म्यासेज पठाइ नेपालमा रहेका विभिन्न ब्यक्तिहरूको बैंक खातामा रकम जम्मा गर्न लगाउदै ठगी गर्ने क्रम बढेको प्रहरीको तथ्यांकमा देखिन्छ । यसर्थ सबैजना सतर्क भएर यस्ता प्रलोभनमा पर्नुहुदैन । यस्ता ठगीलाई निरुत्साहित गर्न जनचेतनामूलक सन्देश प्रवाह गर्न आवस्यक छ ।

Comments

ताजा खबर