असन्तुष्ट समूहले गठन गर्‍यो विशेष राष्ट्रिय भेला , अब के होला?

२०७९, १८ असार शनिबार १५:२५

काठमाडौं: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । काठमाडौँस्थित वानेश्वर क्याम्पसमा कार्की समूहले समानान्तर समिति घोषणा गरेको हो । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै समानन्तर समिति घोषणा गरिएको असन्तुष्ट समूहका विद्यार्थी नेता उपदेश यादवले बताए ।

‘अध्यक्षज्यूको समूहले विधानविपरीत पदाधिकारी तथा केन्द्रीय समितिको संख्या थपेपछि हामीले आपत्ति जनाउँदै आएका थियौं । तर उहाँले कुनै अनुरोध मान्नु भएन्,’ यादवले भने, ‘संगठनलाई विधान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निमार्ण गरेका हौं ।’

उनका अनुसार आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारबाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

Comments

ताजा खबर