बैंकमा एकै दिन निक्षेप आक्रामक वृद्धि हुँदा प्रणालीमा ५० खर्ब निक्षेप, इतिहासमा असार १५ गते एक ऐतिहासिक दिन बन्यो !

२०७९, १७ असार शुक्रबार ०५:३६

काठमाडौं: नेपाली बैंकिङ इतिहासमा असार १५ गते एक ऐतिहासिक दिन बनेको छ । सो दिन बैंकिङ प्रणालीमा निक्षेप संकलन ५० खर्ब पुगेको छ । असार १४ गते ४९ खर्ब ९७ अर्ब पुगेको निक्षेप संकलन एकै दिन करिव ७ अर्बले वृद्धि भएको हो । वाणिज्य बैंकमा एकै दिन निक्षेप आक्रामक वृद्धि हुँदा प्रणालीमा ५० खर्ब निक्षेप पुगेको हो।

कर्जा प्रवाह भने सामान्य वृद्धि भएको छ । समिक्षा अवधिमा कर्जा प्रवाह २ अर्बले वृद्धि भएको छ । सिडी रेसियो पनि पछिल्लो दिन निरन्तर घट्दै छ । असार १५ गतेसम्म वाणिज्य बैंकको सिडी रेसियो ८९ दशमलव ०६ प्रतिशत रहेको छ । जुन अघिल्लो दिन अर्थात असार १४ गते ८९ दशमलव १४ प्रतिशत थियो । राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशत मुनी सीडी रेसियो ल्याउनु पर्ने निर्देशन दिए सँगै बैंकहरु कर्जा प्रवाहमा सुस्त र निक्षेप केन्द्रित कारोवार गर्दै आएका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु