ओलीसँग वार्तापछि प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

२०७९, १६ असार बिहीबार १८:०४

काठमाडौं बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा करिब २ घण्टा संवाद गरेका गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।

फाइल फोटो

अपरान्ह ४ बजे खुलटार पुगेका उनी र प्रचण्डबीच यो समाचार तयार पार्दासम्म संवाद जारी छ। बिहीबारै ओलीसँग लामो छलफलपछि गौतमले दुईजनाको मित्रतापूर्ण विगतबारे सम्झना गरेको बताएका थिए। यसअघि नै एमाले त्यागेको घोषणा गरिसकेका गौतमले नयाँ पार्टी खोलेको केही दिनपछि ओलीसँग वार्ता गर्न पुगेका थिए।

बुधबार नै समय लिएर बालकोट पुगेका गौतमले ओलीलाई आफ्नो आगामी ३ महिने अभियानबारे जानकारी गराएका थिए। उनले विभाजित भएका कम्युनिस्ट पार्टीहरु मिलेर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।

नेकपा (एकता राष्ट्रिय अभियान)का सचिवालय सदस्य निमकान्त पान्डेका अनुसार अध्यक्ष गौतमले ओली र प्रचण्डपछि अन्य नेतासँग पनि वार्ता गर्दैछन्

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु