सफा गराै, स्वास्थ रहाै अभियान: कुचो बाड्दै सुबेदी

२०७९, १६ असार बिहीबार ०९:२८

पाल्पा । कुचो बितरण गरेर सार्बजनिक स्थानमा सफा अभियान चलाइएको छ । सफा गराै, स्वास्थ रहाै भन्ने उद्देश्य लियर पाल्पाका विध्यालयहरू र सामुदायिक मठमन्दिर, सार्वजनिक स्थान सरसफाईका लागी कुचो बितरण गरेर अभियान चलाइएको हो ।

सामाजिक क्षेत्रमा सक्रिय पाल्पाका ब्यवसायी तथा पत्रकार समेत रहेका जिबलाल सुबेदीले यो अभियान सन्चालन गर्नुभएको हो । सुवेदी भन्नुहुन्छ “मैले वैशाख महिनाकाे पहिलाे हप्ता देखि कुचाे अभियान शुरू गरेकाे छु याे अभियानको मुख्य उद्रेश्य भनेका सफा गराै, स्वास्थ रहाै भन्ने हाे याे अभियानमा प्रावि, मावि, उच्चमाविहरू र सामुदायिक मठमन्दिर सरसफाईका लागि भने एक मन्दिर २ कुचाे एक विध्यालय ५ वटा कुचाे सगै एक पाकेट मिठाई वितरण गरेको छु” ।

अहिले सम्म ५ सय वटा कुचाे वितरण गरीसकेको सुबेदिको दाबी छ । यो अभियानमा आफुले पढाएकाे विघ्यालय तिनाउ ६ मस्याममा रहेकाे सरस्वती प्रावि वाट शुरू भएकाे हाे । तानपा ७ वारूदखानमा रहेकाे गणेसस्थान मन्दिर, भगवती मन्दिर, निशान भगवती मन्दिर, देबि प्राबी, मस्याम माबी, लगाएत दर्जन भन्दा धेरै स्थानमा सरसफाइका लागि कुचो दिएको सुबेदिको भनाई छ । हेर्दा सानाे भए पनि यसकाे उपलब्धि ठुलाे हुने छ । याे अभियान ५ बर्ष सम्म सन्चालन गर्ने लक्ष्य सुबेदिको छ । यो अवधिमा १ लाख कुचो बाड्ने योजना रहेको उनले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु