बेरूजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाऔं: राष्ट्रपति विद्यादेवी भण्डारी

२०७९, १५ असार बुधबार २२:०१

राष्ट्रपति विद्यादेवी भण्डारीले बेरूजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाउनु पर्ने बताएकी छिन्।

महालेखा परीक्षक कार्यालयको ६४ औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै भण्डारीले अभियानका रूपमा बेरूजु फर्छ्यौट गरेपछि बेरूजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गर्नुपर्ने बताएकी छिन्।

भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरूजु बढिरहेको देखाएकाले बेरूजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाइनु पर्नेमा जोड दिएकी हुन्।

आर्थिक शुद्धताले नै सुशासन कायम गर्न सहयोग गर्ने भएकाले यसमा सरोकार भएका सबै निकायको ध्यान जानुपर्ने उनले बताइन्।

‘महालेखापरीक्षकको प्रतिवेदनमार्फत उठेका विषयलाई केन्द्रीय संसद, प्रदेश सभा र स्थानीय सभाले गम्भीर रूपमा लिएर दोहोर्‍‍याउन दिनुहुँदैन’ भण्डारीले भनिन्, ‘सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शिता हुनुपर्छ। सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिवेदनले काम गरेको छ।’

 


ताजा खबर

    सम्बन्धित शीर्षकहरु