काठमाडौँ- सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलबारे लिखित फैसला सार्वजनिक गरेको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अन्तिम लिखित फैसला सार्वजनिक गर्दै बुधबार सर्वोच्चले प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी निजगढको विकल्प खोज्न भनेको हो। अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशमध्ये तीन न्यायाधीशले निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी खोज्न भनेका हुन्।
अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशको राय बाझिएको थियो। तीन न्यायाधीशले बहुमतको राय दिएका थिए दुई न्यायाधीशले भने निजगढको विकल्पका रुपमा निजगढलाई नै अघि ल्याएका थिए।
पूर्ण इजलासका पाँचमध्ये विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले निजगढको विकल्प खोज्न सुझाएका थिए भने हरिकृष्ण कार्की र मनोजकुमार शर्माले अल्पमतमा राय दिएका थिए।