पोखरामा १७ औँ असारे रोपाइँ (तस्बिरहरु)

२०७९, १५ असार बुधबार २१:४७

पोखरा – पोखरामा १७ औँ असारे रोपाइँ महोत्सव सम्पन्न भएको छ। विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई लक्षित गरेर बुधबार पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नाराका साथ १७ औँ असारे रोपाइँ महोत्सव भएको हो। पोखराको माईस्थानमा १० रोपनी खेतमा भएको रोपाइ महोत्सव किसानहरुसहित पर्यटन व्यवसायीले उत्साहीत भएर मनाएका थिए।

महोत्सवमा विभिन्न किसिमका प्रतियोगितासमेत आयोजना गरिएको थियो। महोत्सवमा विदेशी पर्यटकले पनि नेपाली पर्यटकसँगै रमाइलो गर्दै हिलो छ्यापाछ्याप गरेका थिए।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ २०६१ सालदेखि परिषद्ले असारे रोपाइँ महोत्सवको आयोजना सरु गरेको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु