परीक्षामा मागभन्दा पनि कम परीक्षार्थी उत्तीर्ण भए

२०७९, १४ असार मंगलवार २२:१७

काठमाडौँ: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा मागभन्दा पनि कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको भए पनि भाषा परीक्षामा जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जेठ १९ गतेदेखि असार ३ गतेसम्म लिएको कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा ६ हजार १०६ मध्ये जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।

कृषि तथा पशुपालन क्षेत्रमा कोरियन भाषा परीक्षाका लागि जम्मा ६ हजार ५ सय ९७ जनाले आवेदन दिएका थिए। जसमध्ये ६ हजार १०६ जनाले परीक्षा दिएका थिए ।

कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको थियो ।

तर, कोरियाको मागभन्दा ९ सय ३२ जना कम परीक्षार्थी मात्रै भाषा परीक्षणमा उत्तीर्ण भएका छन् । सन् २०२२/२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भनेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु