भण्डारण गरिएको १ सय ८५ किलो गाँजा सहित २ जना नियन्त्रणमा

२०७९, १४ असार मंगलवार २२:०८

कल्पना श्रेष्ठ,दाङ: बाँकेको नरैनापुर गाउँपालिकामा भण्डारण गरिएको १ सय ८५ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरले दुई जनालाई भण्डारण गरेको गाँजासहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए । बाँकेको नरैनापुरमा भुस र गहुँभित्र लुकाएर राखेको १८ बोरा गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट गएको प्रहरी टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर ६ को चौबिस विगाह र दोन्द्राका अनिता मौर्य, चिम्मन अहिर र मन्ते भन्ने रामदास मौर्यको घरमा छापा मार्दा गहुँ र भुसभित्र लुकाइराखेको गाँजा फेला परेको हो ।

प्रहरीले ५० वर्षीया अनिता मौर्या र ३१ वर्षीय पारस मौर्यालाई पक्राउ गरेको छ ।

Comments

ताजा खबर