काठमाडौं १२ असार । पछिल्लो समय हैजाका विरामी आरडीटी परीक्षण पोजेटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको हाे ।
पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ । महाशाखाले खानपिन र सरसफाइमा ध्यान दिन आग्रह गरेकाे छ ।
Comments