पाल्पा – बुटवल सडक खण्डमा टिप्पर संचालन गर्न रोक

२०७९, २ असार बिहीबार २२:०९

“वर्षातको समयमा ठूला मालवाहक टिप्पर सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने”

पाल्पा, २ असार ।
सडकको कालोपत्रे भन्त्किने कारण देखाउदै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डमा टिपर चलाउन रोक लागाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले जारी गरेको सूचना अनुसार असारदेखि भदौ मसान्तसम्म तीन महिनाका लागि धेरै भार बहन गर्ने टिप्पर सञ्चालनमा रोक लगाएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको, केही स्थानमा निर्माणको कार्य भैरहेको र वर्षातको समयमा धेरै भारबहन भएका सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा त्यस्ता सवारी सञ्चालनलमा रोक लगाइएको हो ।

स्मरण रहोस यो सडकमा त्यस्ता मालबाहक सवारीसाधन को भार नाप्ने तौलपुलको ब्यव्स्था रहेको छैन ।

Comments

ताजा खबर