र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा कालिगण्डकी नदिमा खसेका ७ जनाको उद्धार

२०७९, २ असार बिहीबार २०:३०

पाल्पा, २ असार । पर्यटकीय क्षेत्र रानीमहल स्थित कालिगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा नदिमा खसेका ७ जनाको उद्धार भएको छ । उनिहरु रानीमहल घुम्न गएका पर्यटक रहेका थिए । र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक हुन ।

फाइल तस्बिर

रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाका अनुसार उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई तत्कालै उद्धार गरेका थिए भने अरुको केही छिन पछि उद्धार भएको थियो । स्थानीय र प्रहरीले उनीहरुको उद्दार गरेकाे हाे । उनीहरूले लाइफ ज्याकेट लगाएका कारण ठूलाे दुर्घटना हुन नपाएकाे उद्धारमा खटिएका सुरक्ष्याकर्मिले  बताए ।

Comments

ताजा खबर