काठमाडौँको धुलो अब ९ वटा ब्रुमरले उठाउँछ ?

२०७९, १ असार बुधबार ०९:५४

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिका सडकका धुलो ९ ओटा ब्रुमरले बढार्ने बताएका छन्।

बालेनले फेसबुकमा स्टेटस राख्दै बिग्रीएका ब्रुमरहरु मर्मतपछि पुन– सञ्चालनमा ल्याइएको बताएका छन्। सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर बुधबारदेखि सडक सफा गर्न थालिएको उनले बताएका छन्। उनका अनुसार बुधबारदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थालेको जनाएका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘सानातिना मर्मत लगायतका काम पनि नभएर लगभग निस्कृय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ। आजदेखि ५ वटा ब्रुमरले काठमाडौँ सफाइ गर्न थालेका छन्।’ उनका अनुसार बिहीबारदेखि थप ४ वटा ब्रुमर पनि सञ्चालनमा आउनेछ। जम्मा ९ वटा ब्रुमरले नियमित रूपमा सडक सफा गरिने मेयर शाहले उल्लेख गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘बर्खा भएकोले केहि असहजता पक्कै हुनेछन्। तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौँलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ ।’

Comments

ताजा खबर