इटहरीको वस्तीमा चितुवा प्रवेश, स्थानीय त्रसित

२०७९, ३० जेष्ठ सोमबार ११:१८

इटहरी- इटहरी वडा नं. ६ र ९ को बीच एकता टोलमा आज बिहान चितुवा प्रवेश गरेपछि गाउँले त्रसित भएका छन्।

बाक्लो वस्ती रहेको टोलमा प्रवेश गरेकाले गर्दा चितुवाले आक्रमण गर्न सक्ने भएपछि स्थानीय त्रसित भएका हुन्। स्थानीय प्रहरीले सर्वसाधारणलाई घर बाहिर ननिस्किन माइकिङ् गरि रहेको छ।

बिहान ५ बजे सो टोलमा देखा परेको चितुवा नियन्त्रण लिने प्रयास भइरहेको छ। चितुवा नियन्त्रणमा लिनका लागि कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रबाट प्राविधिक टोली उपकरणसहित खटिएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु