थप १९ जनामा कोरोना संक्रमण पुष्टि

२०७९, २९ जेष्ठ आईतवार १७:३०

काठमाडौं: नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय ६२ पिसिआर परीक्षणका क्रममा ११ जना र १ हजार २ सय ९१ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ४ जना निको भएका छन् । हाल नेपालमा १ सय ६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु