बन्दुक सम्बन्धी कडा कानुन बनाउँन आबश्यक

२०७९, २९ जेष्ठ आईतवार १२:२०

काठमाडौँ: बन्दुकसम्बन्धी कडा कानूनको माग गर्दै अमेरिकामा दशौँ हजार मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले विभिन्‍न खाले नारा लगाएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि प्रदर्शनलाई समर्थन गर्दै कंग्रेसलाई बन्दुक सम्बन्धी कडा कानुन ‘कमन सेन्स गन सेफ्टी लेजिसलेसन’ पास गर्न माग गरेका छन् । प्रदर्शनका बाबजुद पनि रिपब्लिकन्सले उक्त विधेयक खारेज गर्ने सम्भावना रहेको बताइएको छ ।

गत मे २४ तारिखमा टेक्ससको एक विद्यालयमा गोली चल्दा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो । त्यसको केही दिनअघि न्यूयोर्कमा गोली चल्दा १० जना मारिएका थिए ।

जसका कारण हजारौँ मानिस सड्कमा उत्रिए र बन्दुकसम्बन्धी कडा कानुनको माग गरेको छन् । वासिङ्टन डिसी, न्यूयोर्क, लस एन्जलस तथा सिकागो जस्ता सहरमा प्रदर्शन भएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु