मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने

२०७९, २७ जेष्ठ शुक्रबार २१:२९

काठमाडौँ: सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाए ।

आफ्नो पार्टीले मन्त्रीहरूलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनकव भनाइ छ।

‘मैले धेरै पटक यसको जवाफ दिइसकेँ । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ,’ उनले भने, ‘नेकपा (एकीकृत समाजवादी)ले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु