ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

२०७९, २६ जेष्ठ बिहीबार ११:१५

काठमाडौँ – पाँचथरको हिलिहाङ गाउँपालिका–७ को सल्लेरीमा ट्याङ्‍कर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक २६ वर्षीय प्रेम घिसिङ रहेका छन्। उनी सुनसरीको रामधुनी नगरपालिका– ७ का हुन्। उनले चलाएको को ५ प २३३० नम्बरको पल्सर मोटरसाइकल र मे १ ख २४९४ नम्बरको ट्याङ्‍कर बुधबार दिउँसो अन्दाजी १ः३० बजे आपसमा ठक्कर खान पुगेको थियो।

ठक्करपछि घिसिङ गम्भीर घाइते भएका थिए। उनको झापाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो। घिसिङ श्रीमती कञ्‍चन मगरसहित ताप्लेजुङ तर्फ जाँदै थिए। मगर पनि गम्भीर घाइते छिन्।

आइसीयूमा राखेर बिएण्डसीमै उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी)राकेश थापाले जानकारी दिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु