असोजसम्म वैदेशिक रोजगारीमा गएकालाई प्राथमिक सेयरमा आरक्षण

२०७९, २५ जेष्ठ बुधबार १३:१२

काठमाडौं- धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डले लगानीकर्ताहरूको समस्या बुझेको बताएका छन्। बोर्डको ३० औं वार्षिक अवसरमा अध्यक्ष हमालले अहिले लगानीकर्ताहरूको मनोविज्ञान उकास्न समेत आवश्यक रहेको बताए।

‘धितोपत्र बोर्ड लगानीकर्ताको समस्या बोर्डले बुझेको छ। हाल सेयर कर्जामा रहेको व्यवस्थाको विषयमा लगानीकर्ताबाट आइरहेको गुनासो बुझेका छौं र मनन पनि गर्दैछौं। अहिले लगानीकर्ताको मनोविज्ञान उकास्न आवस्यक भइसकेको छ,’ अध्यक्ष हमालले भने।

उनले अबको चार महिनामा साना तथा मझौला कम्पनीलाई छुट्टै कारोबार प्ल्याटफर्म तयार गरिने समेत बताए। यसबाहेक असोजसम्म वैदेशिक रोजगारीमा गएकालाई प्राथमिक सेयरमा छुट्याइएको १० प्रतिशत सेयर पाउने अवस्था बन्ने र गैर आवासीय नेपालीलाई यही अवधिभित्र बजारमा प्रवेश गराउने उनले बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु