भारतको महाराष्ट्रमा कोरोना भाईरसको चौथो लहर शुरुको आशंका

२०७९, २३ जेष्ठ सोमबार १०:४४

भारत-भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिरहेको छ। संक्रमण तीब्र भएपछि राज्यका यातायात मन्त्री आदित्य ठाकरेले यो कोरोना भाइरसको चौथो लहर हुन सक्ने बताएका छन् ।आदित्यले नागरिकलाई घर बाहिर ननिस्कन, अनिवार्य मास्क लगाउन कोरोना भ्याक्सिनको बुस्टर खोप समयमा लिनको लागि आग्रह समेत गरेका छन्।

सञ्चार माध्यमसँग कुराकानीका क्रममा आदित्यले कोरोना संक्रमण पनिको निधन निधन संख्या भने नबढेको बताएका छन्।‘हामी मानिसलाई घरबाट ननिस्कन अपिल गरिरहेका छौँ, निस्कनै परे पनि मास्क अनिवार्य प्रयोग गर्नको लागि अपिल गरिरहेका छौँ।’

महाराष्ट्रमा पछिल्लो सातादेखि कोरोना संक्रमितको संख्या धेरै बढिरहेको छ। पछिल्लो ५ दिनमा हजार भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। आइतबार महाराष्ट्रमा मात्रै १४ सय ९४ नयाँ कोरोना भाइरस संक्रमित थपिएका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु