धुलाबारीमा आगलागी, करोड बढीको क्षती

२०७९, २२ जेष्ठ आईतवार १४:१७

झापा । मेचीनगर १० स्थीत धुलाबारी चोकको इलोक्ट्रोनिक पसलमा आगलागी भएको छ । केही बेर अघि सुरु भएको आगलागी अहिले मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीय सहयोगमा नियन्त्रणको प्रयास गरिरहेका छन ।

धुलाबारी मोड  दक्षीणको पाथिभरा भेराइटिजमा लागेको आगोले पसल पुर्ण रुपमा नष्ट भएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनु भयो । ‘महङ्गो सामन भएको इलोक्ट्रोनिक पसल हो,’ अध्यक्ष तिम्सिनाले भन्नुभयो, ‘पुरै जल्यो, निक्कै ठुलो क्षती भएको अनुमान गरेका छौं ।

’इलोक्ट्रोनिकका सामनको पसल भएकाले करोड बढीको क्षति भएको हुन सक्ने प्रारभ्भिक अनुमान गरिएको छ । निलचल पाण्डाले सञ्चालन गरेको उक्त पसलमा आगलागीको कारण भने पत्ता नलागेको अध्यक्ष तिम्सिनाले बताउनु भयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु