चीन जाँदै २८१ नेपाली विद्यार्थी

२०७९, २० जेष्ठ शुक्रबार ०८:१७

काठमाडौँ: सरकारले नेपाली विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । कोभिड-१९ अवधिमा नेपाल फर्किएका र लकडाउनका कारण जान नपाएका विद्यार्थी जान पाउने भएका हुन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पहिलो चरणमा २ सय ८१ विद्यार्थीलाई चीन पठाउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयले सन् २०२० मा स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई अध्ययनमा निरन्तरताका लागि भिसा प्राप्तिका लागि निवेदन दिन भनेको हो ।

करिब तीन वर्षपछि कोभिडका कारणले रोकिएका विद्यार्थी जान पाउने भएका हुन् । दुई वर्षदेखि बन्द रहेको शुक्रबार हिमालयन एयरलायन्स चीनको कुन्मिङका लागि उडेको छ ।

सरकारले चीनको वुहानमा कोभिड सुरु भएपछि पहिलो चरणमा १ सय ७५ नेपालीहरूलाई उद्दार गरेर ल्याइएको थियो । उनीहरूलाई भक्तपुरमा क्‍वारेन्टाइन बनाएर राखिएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु